Gorkha United Public School | Programs & Events





06

May

Social Activities
5:15 PM- 5:15 PMKohalpur Banke

गोरखा युनाइटेड स्कुलका शिक्षक/कर्मचारीको एक महिनाको तलब कोहलपुर विपद् व्यवस्थापन कोषमा
कोहलपुर (बाँके)
: गोरखा युनाइटेड पब्लिक स्कुलले कोहलपुर नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) विपद् व्यवस्थापन कोषमा एक लाख रुपैैयाँ सहयोग गरेको छ ।
संस्थागत यो विद्यालयले शिक्षक कर्मचारीको एक दिन बराबरको तलबमा विद्यालयले थपेर एक लाख रुपैयाँको चेक विद्यालयका प्रबन्ध निर्देशक राजेन्द्र गुरुङले बुधबार कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतलाई हस्तान्तरण गरेका हुन् । संस्थागत विद्यालयका शिक्षक कर्मचारीले तलब काटेर विपद् व्यवस्थापनका लागि सहयोग गरेको सम्भवतः बाँके जिल्लामै यो पहिलो अभ्यास हो ।
विद्यालयका प्रशासन प्रमुख कर्ण बस्नेतले रकम हस्तान्तरणपछि मेरो खुसी डट कमसँग भने, ‘कोरोनाको प्रकोपबाट कोहलपुर नगर क्षेत्रका कोही पनि प्रभावित नहुन भन्ने उद्देश्यले सहयोग गरेका हौं ।’




@jquery @toastr_js @toastr_render